००:००:००
ट्रेन्डिङ
राजनीति

चितवनमा निर्वाचनलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षामा विशेष तयारी

Rangamanch
Rangamanch
२०२६ जनवरी २०
83
चितवनमा निर्वाचनलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षामा विशेष तयारी
सारांश
प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणसँगै पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा सतर्कता बढाएको छ ।

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षणसँगै पर्यटक सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा सतर्कता बढाएको छ ।

निर्वाचनका कारण निकुञ्ज आसपास नयाँ मानिसको आवतजावत बढ्ने भएकाले अवाञ्छित गतिविधि रोक्ने र पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।

निकुञ्ज प्रशासनका अनुसार निर्वाचनको समयमा सुरक्षाकर्मीको ध्यान अन्यत्र मोडिन सक्ने जोखिमलाई मध्यनजर गर्दै विशेष गस्ती र निगरानी प्रणाली सक्रिय गरिएको छ। सफारी, जंगल वाक, बोटिङ र होटल–लज क्षेत्रमा सुरक्षा उपस्थिति थप गरिएको छ ।

सूचना अधिकारी अविनास थापा मगरका अनुसार निर्वाचनको माहोलमा चितवन घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले कुनै असहजता महसुस नहोस् भन्ने व्यवस्था गरिएको छ ।

पर्यटन चितवनको पहिचान हो भएकाले संरक्षण र पर्यटन दुवैलाई सन्तुलनमा राखेर काम गरिरहेको उनले बताए ।

नेपाली सेना, निकुञ्ज सुरक्षाकर्मी र स्थानीय समुदायको सहकार्यमा कोर क्षेत्र, मध्यवर्ती क्षेत्र तथा पर्यटकीय रुटहरूमा नियमित गस्ती बढाइएको छ ।
९५२.६३ वर्ग किलोमिटरमा फैलिएको निकुञ्जमा २२ मध्यवर्ती उपभोक्ता समिति, ५७ स्थायी र ३ अस्थायी पोष्ट ‘हाइ अलर्ट’मा राखेर कर्मचारी परिचालन गरिएको छ।

स्थानीय पर्यटन व्यवसायीहरू पनि सुरक्षा सतर्कता बढेसँगै पर्यटकको विश्वास कायम रहनेमा आशावादी छन्।
निर्वाचनको चहलपहलबीच पनि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षित, जिम्मेवार र दिगो पर्यटनलाई निरन्तरता दिने प्रयासलाई प्राथमिकतामा राखेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार