००:००:००
ट्रेन्डिङ
राजनीति

भाषण होइन, काम गर्नेलाई जिताएर मौका दिनुहोस् : घिसिङ

K
kiran adhikari
२०२६ फेब्रुअरी ६
10
भाषण होइन, काम गर्नेलाई जिताएर मौका दिनुहोस् : घिसिङ
सारांश

२३ माघ, सिरहा — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणभन्दा काम गर्ने नेतृत्वलाई एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन्। शुक्रबार सि...

२३ माघ, सिरहा — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषणभन्दा काम गर्ने नेतृत्वलाई एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन्। शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकनका क्रममा उनले आफू काम गर्ने पात्र भएकाले भोट दिएर अवसर दिन अनुरोध गरे।

पूर्व मन्त्रीसमेत रहेका घिसिङले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएका युवाहरू काम गर्न इच्छुक रहेको दाबी गर्दै पुराना राजनीतिक शक्तिहरूले कामभन्दा बढी भाषण गरेको आरोप लगाए। “जनताको हितका लागि काम गर्न युवा नेतृत्व आवश्यक छ,” उनले भने।

घिसिङले काम नगर्ने र जनतालाई छल्नेहरूको समय सकिएको टिप्पणी गर्दै काम नै जननेता चिनिने आधार हुने बताए। “जो काम गर्छ, उही जनताको प्रिय बन्छ,” उनले भने, “काम गर्ने नै जननेता कहलिन्छ।”

उनले आफ्नो पार्टीले गुणस्तरीय शिक्षा, कृषि क्रान्ति, सिँचाइ र विद्युतीकरणजस्ता पूर्वाधार क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने दाबी गरे। यी क्षेत्रको विकासमार्फत देशको अर्थतन्त्र उकास्ने स्पष्ट योजना आफूसँग रहेको उनको भनाइ छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार