मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

योगेन्द्र नगरकोटी
२०२६ जनवरी ३०
76
680
बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
सारांश
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जनाएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।

‘सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर काठमाडौं पठाएका छौं’ बुढाले

उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।

काठमाडौंका पूर्वमेयर तथा रास्वपा बरिष्ठ नता बालेन्द्र शाह बालेन

साझा गर्नुहोस्:

सम्बन्धित समाचार