००:००:००
ट्रेन्डिङ
समाचार

पूर्वमन्त्री दीपक खड्का पक्राउ

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
30
पूर्वमन्त्री दीपक खड्का पक्राउ
सारांश

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोल...

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्राप्त जानकारी अनुसार, गत भदौ २४ गते खड्काको निवासमा भएको आगजनी घटनापछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा त्यहाँबाट नेपाली रुपैयाँसहित विभिन्न देशका विदेशी मुद्राहरू समेत फेला परेका थिए । उक्त घटनाले थप शंका उत्पन्न गराएपछि सीआईबीले विस्तृत अनुसन्धान अगाडि बढाएको थियो ।

यससँगै, खड्कामाथि नेपाल स्काउटसँग सम्बन्धित जग्गा हिनामिनाको आरोप समेत लागेको छ । सो प्रकरणमा आर्थिक अनियमितता भएको आशंका गर्दै प्रहरीले प्रमाण संकलन तथा अनुसन्धान तीव्र बनाएको थियो ।

सीआईबी प्रमुख एआईजी मनोज केसीले खड्का पक्राउ परेको पुष्टि गरेका छन् । उनले अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् ।

प्रहरीले अहिले खड्कामाथि लागेका आरोपहरूको गहिरो अनुसन्धान गरिरहेको छ भने थप तथ्यहरू सार्वजनिक हुने क्रम जारी रहने बताइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार