काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले भदौ २३, २४ र फागुन २१ सम्मका घटनामा थुप्रै कलाकारहरू दुरुपयोग भएको भन्दै, त्यसको उचित हिसाबकिताब हुने बताएका छन् । तर, पनि उनीहरूको चलचित्र टिकट काटेरै हेर्ने थापाको भनाइ छ ।
निश्चल बस्नेतको चलचित्र बहिष्कार गर्न आह्वान गरिएको एउटा पोस्ट फेसबुकमा साझा गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘निश्चल बस्नेत, स्वस्तिमा खड्का,अर्जुन घिमिरेलगायत थुप्रै कलाकारहरू ‘भदौ २३, २४ र फागुन २१’ सम्मका घटना/परिघटनामा जसरी दुरूपयोग भए, त्यसको उचित हिसाबकिताब समयक्रममा हुने नै छ । तर, तिनका चलचित्र बहिष्कार गरेर वा गर्न भनेर होइन, फुर्सद मिल्दा टिकट काटेर हेरी सहयोग गर्न चाहन्छु ।’
प्रधानमन्त्री बालेन्द्र शाहलाई ईंगित गर्दै थापाले उल्लेखित कलाकारहरूका ‘भगवान्’ लाई आफूले देश, लोकतन्त्र र जनताका दैत्यभन्दा बढी केही पनि नठान्ने समेत बताएका छन् ।





