००:००:००
ट्रेन्डिङ
राजनीति

काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधिनताका मुद्दामा दृढतापूर्वक उभिने

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १६
24
काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधिनताका मुद्दामा दृढतापूर्वक उभिने
सारांश
यही फागुन २१ गते हुने निर्वाचनको लागि आज९सोमबार०देखि घरदैलो कार्यक्रम सुरु भएको छ ।

काठमाडौं । यही फागुन २१ गते हुने निर्वाचनको लागि आज९सोमबार०देखि घरदैलो कार्यक्रम सुरु भएको छ । सोही क्रममा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

घरदैलो कार्यक्रममा पत्रकारहरुसँग बोल्दै पोखरेलले आफ्नो राष्ट्रिय स्तरको एजेण्डा भएको बताउँदै स्वाधिनताको विषयमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए ।

त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य ,रोजगारी तथा स्वरोजगारीको विषय जस्ता कुरामा ध्यान दिने उनले बताए ।

‘राष्ट्रिय स्तरको एजेण्डा छन् । संकटमा पार्न खोजिएका राष्ट्रिय स्वाधिनताको विषयमा हामी दृढतापूर्वक उभिने छौं । राष्ट्रिय स्तरका विकासको कुरामा जोड दिन्छौं । जनतालाई सेवा प्रवाह गर्ने खासगरी उत्पादनसँग जोडिएको शिक्षा,स्वास्थ्य र रोजगारी रोजगारीको विषय जस्ता कुरामा हामी ध्यान दिन्छौं ।’

साझा गर्नुहोस्:

सम्बन्धित समाचार