मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

विपना थापा र वर्षा राउत अभिनीत फिल्म ‘बाकस’को शुभमुहूर्त सम्पन्न

रङ्गमञ्च
रङ्गमञ्च
54 मिनेट अगाडि
3
560
विपना थापा र वर्षा राउत अभिनीत फिल्म ‘बाकस’को शुभमुहूर्त सम्पन्न
सारांश
नबिन पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ । ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।

काठमाडौं ।नबिन पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ । ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्त कार्यक्रममा अभिनेत्री विपना थापा, वर्षा राउत, अभिनेता महेश त्रिपाठी, भोलाराज सापकोटा, बाल कलाकार सुपला सापकोटालगायतको उपस्थिति थियो ।

फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादवसहित बाल कलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायतको अभिनय रहनेछ । यस फिल्ममार्फत अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ पर्दा साझा गर्नेछन् ।

मणि तामाङ मुख्य सहायक निर्देशक रहेको फिल्ममा सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा छन् । फिल्मको द्वन्द्व निर्देशन किरण दहालले गर्नेछन् भने शृङ्गारको जिम्मेवारी उर्मिला लामाले सम्हाल्नेछिन् । फिल्ममा दीपक शर्मा र सनम पुरुष राईले संगीत दिनेछन् ।

धिरेन्द्र पन्त कार्यकारी निर्माता रहेको फिल्मकी निर्माता सुजिता चौलागाईं हुन् । राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा रहेका छन् । फिल्मको छायांकन महेश पौडेलले गर्नेछन् भने पोस्टर डिजाइन आईडलले गर्नेछ । निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर रहेको फिल्ममा ज्योति केसी र निराजन घिमिरेले कस्ट्युम डिजाइन तथा सियोन श्रेष्ठले कोरियोग्राफीको जिम्मेवारी सम्हाल्नेछन् ।

पीके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा पनि निर्देशक पन्त स्वयंले लेखेका हुन् । फिल्मको छायांकन दसैंलगत्तै सुरु हुने निर्माण पक्षले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार