काठमाडौं । पछिल्लो केहि दिन यता खाना पकाउने ग्याँसको डिलर अगाडि ग्याँस सिलिण्डरको लाइन लाग्न थालेको छ । ग्याँसको अभाव हुने हल्लापछि उपभोक्ताले यसको जोरजाम गर्न थालेका हुन् । सरकारले पनि आधा सिलिण्डर ग्याँस बिक्रि गर्न थालेको छ ।
काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ ।
महानगरले ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अव ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि निगरानी संयन्त्र सक्रिय बनाएको हो ।
प्रशासन विभागका प्रमुख महेश काफ्ले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गनेमाथि कारबाही गर्ने बताएका छन् । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरका हटलाइन नम्बरहरू ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ ।
काठमाडौंको टेकुमा ग्याँसको जोरजाममा रहेका उपभोक्ताहरु:
















