काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रीहरुको मर्यादाक्रम हेरफेरका लागि गरेका छन्।
प्रधानमन्त्री बालेनको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम संवत् २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम राष्ट्रपति रामचन्द्र पौडेलले हेरफेर गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
यसअघि तेस्रो वरीयतामा रहेका सुधन गुरुङ पाँचौ स्थानमा झरेका छन् । तेस्रो र चौथोमा क्रमशः परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ उक्लिएका छन् । त्यस्तै यसअघि १५ नम्बरमा रहेकी सीता वादी आठौं स्थामा उक्लिएकी छन् ।






