००:००:००
ट्रेन्डिङ
समाचार

गगनकुमार थापाद्वारा मुस्लिम समुदायमा रमजानको मंगलमय शुभकामना

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १९
111
520
गगनकुमार थापाद्वारा मुस्लिम समुदायमा रमजानको मंगलमय शुभकामना
सारांश
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुस्लिम धर्मावलम्वीहरूका लागि पवित्र रमजान महिनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बिहीबार शुभकामना सन्देश मार्फत उनले सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा रमजान महिना (निराहार व्रत) मनाउने अवसरमा सुख, शान्ति र आध्यात्मिक उन्नति प्राप्त होस् भन्ने कामना व्यक्त गरेका हुन् ।

इस्लामिक पात्रो (हिजरी संवत्) अनुसार नवौँ महिना ‘रमजानुल मुबारक’ मा मुस्लिम धर्मावलम्वीहरूले एक महिनासम्म रोजा बस्ने परम्परा रहेको छ । यस पवित्र महिनामा विशेष गरी कुरानको वाचन, नमाज पढ्ने र गरिब तथा विपन्नहरूलाई सहयोग गर्ने धार्मिक अभ्यास गरिन्छ ।

‘रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्यनिष्ठा, संयम, सहनशीलता, सदाचार, त्याग, परोपकार, दया र दानशीलता जस्ता सद्गुणको विकास हुने भएकाले रमजानको महत्व अत्यन्तै विशेष, सद्भावपूर्ण र आध्यात्मिक रहेको छ,’ थापाले भनेका छन् ।

उनले यस महान् पर्वले सबैमा शान्ति, सहिष्णुता, संयमता र आध्यात्मिक उन्नति ल्याओस् भन्ने कामना व्यक्त गर्दै पवित्र रमजानको पुनः मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार