काठमाडौं । संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा गीत सार्वजनिक भएको हो। गीतले प्रेम, विछोड र प्रियजनको सम्झनामा छटपटाइरहेको मनको भावलाई प्रस्तुत गरेको छ।
प्रेममा आफूले भोगेको पीडा र बिछोडपछिको एक्लोपनलाई गीतका शब्दमार्फत अभिव्यक्त गरिएको छ। प्रेममा परेको व्यक्तिको सम्झना र विरहको भावलाई गीतले व्यक्त गर्छ।
गीतको भिडियोमा बरूण अधिकारी र बिना राउतले अभिनय गरेका छन्। प्रेमकथामा आधारित भिडिओमा उनीहरूले प्रेम, विछोड र भावनात्मक उतारचढावलाई अभिनयमार्फत प्रस्तुत गरेका छन्।
गीतका शब्द बरूण अधिकारीले लेखेका हुन् भने एरेन्ज बिशन मानन्धरको छ।
त्यस्तै, गीतको भिडिओमा संकल्प भुजेलको छायांकन, विकास दाहालको सम्पादन छ। भिडियोको निर्देशन बरूण अधिकारीले नै गरेका हुन्।
‘निष्ठुरी’ गीत एबी फिल्मीको आधिकारिक युट्युबमार्फत सार्वजनिक गरिएको हो।
सूर्यको संगीतमा प्रमोद खरेलको ‘निष्ठुरी’ सार्वजनिक

2 घण्टा अगाडि
7
640

सारांश
काठमाडौं । संगीतकार तथा गायक सूर्य राईको संगीतमा तयार भएको नयाँ गीत ‘निष्ठुरी’ सार्वजनिक भएको ...



