मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा काजीको प्रेमकथाले नयाँ मोड लिने

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अक्टोबर ८
14
720
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा काजीको प्रेमकथाले नयाँ मोड लिने
सारांश

सिनेमा ‘कबड्डी’ को अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो । तर पाँचौँ भागमा...

सिनेमा ‘कबड्डी’ को अघिल्ला शृंखलाको मुख्य कथा काजीले मैयाँलाई पाउन गरेको संघर्षमा आधारित थियो । तर पाँचौँ भागमा आइपुग्दा काजीको जीवनमा प्रश्न फेरिएको छ, प्रेम पाएपछि जीवन कसरी चलाउने ? अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५’ ले यही प्रश्नको व्यावहारिक पाटो खोजेको छ । जहाँ काजीले प्रेमसँगै परिवार, समाज र साथीभाइका लागि धेरै कुरामा सम्झौता गर्नुपर्नेछ ।

रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनको तयारीमा छ । सिनेमाको पाँचौँ शृंखलामा काजीको प्रेमकथा नयाँ मोडमा पुग्ने अभिनेता राईले बताएका छन् । उनका अनुसार यसपटक काजीको जीवनमा प्रेमसँगै परिवार, समाज, साथीभाइ र बदलिँदो समयले पार्ने प्रभाव देखाइनेछ । प्रेमपछि सुरु हुने व्यावहारिक जीवन र त्यसका लागि गर्नुपर्ने सम्झौता नै यसपटक काजीको कथाको महत्वपूर्ण पाटो बनेको उनले बताए ।

‘प्रेम प्राप्तिको संघर्षबाट अघि बढिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनुहुनेछ,’ उनले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटो हेर्न नै ‘कबड्डी ५’ बनेको हो ।’

दयाहाङका अनुसार पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइ पनि क्रमशः परिवर्तन हुँदै गएको छ । त्यसैले यसपटकको काजीलाई विगतका भागमा देखिएको काजीभन्दा केही फरक रूपमा दर्शकले पाउनेछन् ।

मैयाँ फर्किएपछि काजीमा आएको परिवर्तन

‘कबड्डी’ शृंखलाको सुरुदेखिकै मैयाँसँगको सम्बन्ध महत्वपूर्ण पक्ष हो । पाँचौँ भागमा फेरि मैयाँसँगको भेट हुँदा काजीको मनमा पुरानो प्रेमले ल्याउने हलचल स्वाभाविक हुने दयाहाङ बताउँछन् । तर यसपटक काजीको प्राथमिकता पहिलेको जस्तो केवल प्रेम प्राप्तिमा सीमित नरहेको उनको भनाइ छ ।

‘यसपटक एउटा इनर्जी, उमेर, आफ्नोपनभन्दा पनि परिवार, समाज, साथीभाइ धेरै चिजसँग काजीले सम्झौता गर्छ । किनभने त्यहाँ उसको सपना जोडिएर गएको छ,’ अभिनेता राईले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, यसपटक उसले धेरै चिजसँग सम्झौता गरेर जान्छ ।’

आफ्नो ‘सोल्टिनी’ अर्थात् मैयाँ जीवनभर काजीले गरेको प्रेम फेरि फर्केर आउँदा उसमा एकपटक हलचल हुने उनले बताए ।

‘हरेकको जीवनमा त्यो हुन्छ होला नि । एउटा उमेरसम्म यो चिज मेरा लागि केही होइन, मलाई आफ्नो निर्णय गर्न देऊ भन्ने हुन्छ । एउटा समय पार गरेपछि उसलाई परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ उनले भने, ‘त्यो सबै चिजसँग उसले ट्याकल गर्दै जाँदा सम्झौता पनि गर्दै जानेछ ।’

काजीको जीवनमा प्रेमसँगै राजनीतिका प्रभाव

‘कबड्डी ५’ मा काजीको व्यक्तिगत जीवनसँगै बदलिँदो राजनीतिक परिवेशको प्रभाव पनि देख्न पाइने दयाहाङले बताएका छन् । उनका अनुसार यसपटक राजनीतिक विषयलाई नै केन्द्रमा राखिएको छैन । तर समयसँगै आएको राजनीतिक परिवर्तनले पात्रको जीवन र मनोदशामा पार्ने प्रभाव भने देख्न सकिनेछ ।

‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षाहरू र परिवर्तनपछिका सपनाहरूको प्रभाव देख्न सकिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी हामीले राजनीतिक विषय नै उठाएका थियौँ, त्यस्तो विषयचाहिँ समेटिएको छैन । दर्शकले अहिलेको अवस्थामा समयसँगै आएको परिवर्तनसँगको काजीको मनोदशा भने देख्न सक्नेछन् ।’

यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्नको जवाफ भने दर्शकले सिनेमा हेरेपछि मात्रै पाउने दयाहाङले बताए । त्यसका लागि कात्तिक ६ गतेसम्म पर्खिनुपर्ने उनको भनाइ छ ।

यसअघिका शृंखलामा जस्तै यसपटक पनि साथीहरूको उक्साहटले काजीको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने कुरा दर्शकले सिनेमा हेरेपछि मात्रै पाउने दयाहाङले बताए । त्यसका लागि कात्तिक ६ गतेसम्म पर्खिनुपर्ने उनको भनाइ छ ।

‘पाँचसम्म आइपुग्दा काजी मेरै साथी हो जस्तो लाग्छ’

काजीको चरित्रसँग लामो समयदेखिको सम्बन्धका कारण आफूलाई उक्त पात्रप्रति छुट्टै अपनत्व महसुस हुने दयाहाङले सुनाए ।

१५ वर्ष अघिदेखि काजीको चरित्रसँग जोडिएर काम गर्दै आउँदा त्यो पात्र पर्दाको पात्रभन्दा पनि आफ्नै साथी जस्तो लाग्न थालेको उनले बताए ।

‘यतिका वर्ष गरिसक्दा काजी क्यारेक्टर छोड्छु जस्तो लाग्दैन, तर नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने ।

यसैबीच उनले ‘कबड्डी’ को दोस्रो भागमा काजीको चरित्रलाई कसरी अगाडि बढाउने भन्ने विषय आफूलाई निकै कठिन लागेको स्मरण गरे । तर लामो यात्रामा पात्रलाई हेर्दा मानिसको जीवनमा आउने परिवर्तनसँगै काजीलाई पनि अगाडि बढाउँदै लगेको उनको भनाइ छ ।

‘दोस्रो भाग गर्दा चाहिँ मलाई निकै कठिन भएको थियो । काजी क्यारेक्टर कसरी अगाडि बढ्छ भनेर,’ उनले भने, ‘तर एउटा जर्नीमा उभिएर हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, त्यसरी नै अगाडि लगेको छु ।’

‘कबड्डी’ पहिलोदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको १५ वर्षको जीवनयात्रासँग काम गर्न आफूलाई रमाइलो लागेको दयाहाङले बताए ।

काजीको कथा अझ परसम्म लैजाने दयाहाङको सोच

काजीसँगको आफ्नो लामो सम्बन्धकै कारण भविष्यमा यी पात्रहरूलाई अझ परसम्म लैजाने सोचसमेत आफूमा रहेको दयाहाङले सुनाए । ‘यिनै पात्रहरूको ६५ वर्षपछिको मनोदशा कस्तो हुन्छ होला ? सबै पात्रहरू कहाँ के गरिरहेका होलान् ? भन्ने तरिकाले बनाउन मन छ,’ उनले भने ।

निर्देशक रामबाबु गुरुङले नगरे पनि आफूले त्यस्तो कथा बनाउने सोच राखेको उनले बताए । ‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने ।

लामो समय एउटै पात्रसँग काम गर्दा पात्रप्रति मोह जाग्ने र आफ्नै साथी जस्तो अनुभूति हुने उनको भनाइ छ । ‘१५ वर्ष अघिदेखिको काजी पात्रसँगको कनेक्सन र हाम्रो भोगाइले पनि होला, काजी पात्रहरूप्रति एकदमै मोह जाग्ने रहेछ,’ उनले भने, ‘काम गर्दै जाँदा त्यो पात्रप्रति माया लागेर आउने रहेछ, काजी अहिले हाम्रै साथीजस्तो फिल हुने हुन्छ ।’

निर्देशक गुरुङकै कथा लेखन रहेको सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।

सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्कले गर्नेछ भने विदेशी वितरणतर्फ सेभेन सिज इन्टरनेसनल रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार

काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ ।  ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको भावनात्मक सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै सुनिने ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादले फिल्मको मूल कथातर्फ संकेत गर्छ ।  विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष र आमाप्रतिको छोराको माया तथा जिम्मेवारीलाई फिल्मले मुख्य विषय बनाएको देखिन्छ ।  कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् ।  किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।  फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

55 मिनेट अगाडि