काठमाडौं । सरकारले भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले पेट्रालियम आपूर्तीमा उत्पन्न असहजताका कारण भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकको निर्णय अनुसार अब सबै सरकारी कार्यालयहरू बिहान ९ बजे खुल्ने छन् भने बेलुका ५ बजे बन्द हुनेछन् । यसअघि सामान्यतया बिहान १० बजेदेखि ५ बजेसम्मको समय कायम रहँदै आएको थियो।





