००:००:००
ट्रेन्डिङ
राजनीति

संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
60
संसद्को चालु अधिवेशन शुक्रबारदेखि अन्त्य हुने
सारांश
शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । शुक्रबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त बैठकपछि चालु अधिवेशन अन्त्य हुनेछ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा २० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२-१२-२४ को सिफारिसमा संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार