००:००:००
ट्रेन्डिङ
राजनीति

संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै

रङ्गमञ्च
रङ्गमञ्च
11 घण्टा अगाडि
43
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै
सारांश
बैठकमा प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बस्ने भएको छ ।
बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ । यस्तै, राष्ट्रियसभाको बैठक पनि बस्ने भएको छ । बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नेछन् । बैठकमा प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार