००:००:००
ट्रेन्डिङ
राजनीति

सम्पत्ति शुद्धीकरण प्रकरण: देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलमार्फत खोजतलास गरिने

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
98
सम्पत्ति शुद्धीकरण प्रकरण: देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलमार्फत खोजतलास गरिने
सारांश
नेपालमा पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन प्रहरीले अब इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

लामो समयदेखि विभागको राडारमा रहेका देउवा दम्पत्तिलाई बयानका लागि उपस्थित गराउन अदालतले अनुमति दिएसँगै उनीहरूमाथिको कानुनी घेरा कसिलो बनेको छ।

यो प्रकरणको मुख्य कडी भदौ २४ गतेको ‘जेनजी’ आन्दोलन र देउवाको बुढानीलकण्ठ निवासमा भएको आगजनीसँग जोडिएको छ। आगजनीपछि घरभित्र ठूलो परिमाणमा जलेका नोटहरू र खरानी फेला परेपछि विभागले यसलाई अवैध सम्पत्ति लुकाएको हुनसक्ने आशंकामा अनुसन्धान अघि बढाएको थियो। केही समयअघि देउवाले प्रमाण नष्ट गर्ने मनसायले उक्त घर भत्काउन लागेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले रोक समेत लगाएको थियो।

पूर्वप्रधानमन्त्री देउवा फागुन १३ गते उपचारको बहानामा सिंगापुर हुँदै हङकङ पुगेका छन् भने आरजु राणा पनि हाल विदेशमै छिन्। नेपालमा पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन प्रहरीले अब इन्टरपोलमार्फत नोटिस जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार