००:००:००
ट्रेन्डिङ
राजनीति

सभामुखमा डीपी अर्यालको मनोनयन दर्ता

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल ३
151
540
सभामुखमा डीपी अर्यालको मनोनयन दर्ता
सारांश
यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दल बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभामुख पदका लागि मनोनयन दर्ता गराएएका छन् ।

प्रतिनिधिसभाको नयाँ सभामुख चयन प्रक्रिया यसपटक प्रतिस्पर्धाविहीन हुने देखिएको छ। संसदमा रास्वपाको दुईतिहाइ नजिकको बहुमत रहेकाले अन्य दलबाट उम्मेदवारी पर्ने सम्भावना न्यून देखिएको छ। नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दर्ता नगराउने निर्णय गरेको छ भने एमालेले छलफल गरिरहेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिनेछ। त्यसपछि आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन प्रस्तुत गर्नेछन्। सामूहिक छलफलपछि सभामुख चयन प्रक्रियालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दल बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार