मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
राजनीति

रमेश लेखकको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च ३०
126
760
रमेश लेखकको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
सारांश
जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले  तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।

काठमाडौं । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । लेखककी पत्नी यशोदाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार