००:००:००
ट्रेन्डिङ
राजनीति

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २५
108
440
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सारांश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् ।

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पदभार ग्रहण गरेका छन् । ज्येष्ठ सदस्य केसीले शपथ लिए लगत्तै संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका थिए ।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधि सभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ गराउने छन् ।

नेपाली कांग्रेसका सांसद केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार