००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १८
23
फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा हुने, पहिलो पोस्टर सार्वजनिक
सारांश
फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

काठमाडौं – फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छन् । नायिका उषा रजक, नायकहरु शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिका छन् ।

निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेर निर्माण गरिएको हो ।

फिल्ममा ‘लालिमा’को भूमिका नायिका रोशनीले निर्वाह गरेकी छन् । उनको आमाको भूमिकामा उषा छिन् ।

फिल्मबारे निर्देशक मिराज भन्छन्, ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ । एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन् । आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छन् । त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन् । यही कथामा फिल्म बनेको हो ।’

पोस्टरमा नायिका रोशनी कार्कीलाई एकल फिचर्ड गरिएको छ । उनले एक झ्लायको छेउमा संकटमा परेर बसिरहेको देख्न सकिन्छ । उनको शरीररको माथिल्लो भागको कपडा छैन । एक सेतो कपडाले उनले शरीर छोपेकी छन् । उनको लाली लतपतिएको लालीले उनको चरित्रप्रति संशय पैदा गर्छ ।

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नुझक्ने मानवीय सहासको कथा रहेको निर्देशक मिराजको तर्क छ ।

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको लेखक मिराज आफैँ हुन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार