मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अक्टोबर ६
5
580
मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन सम्पन्न
सारांश

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थि...

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अडिसन काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट्समा भव्यपूर्वक सम्पन्न भएको छ ।

क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा भएको अडिसनमा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरुको उल्लेख्य सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताका लागि एक महिनाअघि नै आवेदन फर्म खुला गरिएको थियो ।

अडिसनमा मिस नेपाल २००० उषा खड्गी, अन्तर्राष्ट्रियस्तरका कोरियोग्राफर रोजिन शाक्य, कलाकर्मी डटकमकी समाचार सम्पादक अरुणा भट्टराई तथा आयोजक संस्था सिआईएफटीकी प्रमुख सुचिता सची निर्णायकको रुपमा रहेको थिए । अडिसनबाट छनोट हुने २५ जना प्रतिस्पर्धीलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।

सिआईएफटीकी प्रमुख सुचिता सचीका अनुसार प्रतियोगिताले फेसन र सौन्दर्यसँगै व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा, प्रस्तुति शैली तथा सामाजिक चेतनालाई समेत प्राथमिकतामा राखिएको थियो ।

‘प्रतियोगिताको उद्देश्य बाह्य सौन्दर्यलाई मात्र आधार बनाएर विजेता छनोट गर्नु होइन । व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक चेतनालगायतका पक्षलाई पनि मूल्यांकन गरिने छ’, सचीले बताइन् । सिआईएफटीले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ मार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने जनाएको छ । आयोजकका अनुसार एउटै राष्ट्रिय मञ्चबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ तथा ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य प्रतियोगी छनोट गरिँदैछ ।

‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ की विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछिन् । आयोजकका अनुसार ‘मिस ग्ल्याम वर्ल्ड २०२६’ भारतमा सन् २०२६ को अन्त्यतिर आयोजना गर्ने तयारी भइरहेको छ । सिआईएफटीले फेसन तथा सौन्दर्य क्षेत्रमा रुचि राख्ने युवतीका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथै भविष्यमा यस क्षेत्रमा व्यावसायिक अवसर खोज्न प्रतियोगिताले प्लेटफर्म प्रदान गरेको जनाएको छ । कलाकर्मी ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को अफिसियल मिडिया पार्टनर हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार

काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ ।  ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको भावनात्मक सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै सुनिने ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादले फिल्मको मूल कथातर्फ संकेत गर्छ ।  विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष र आमाप्रतिको छोराको माया तथा जिम्मेवारीलाई फिल्मले मुख्य विषय बनाएको देखिन्छ ।  कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् ।  किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।  फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

3 घण्टा अगाडि