काठमाडौं । केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो ।
ओलीकी पत्नी राधिका शाक्यका तर्फबाट दायर उक्त रिट हाल दर्ता प्रक्रियामा रहेको छ ।
रिटमा गौरी बहादुर कार्कीको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा मात्रै पक्राउ गरी थुनामा राखिएको कार्य गैरकानूनी रहेको जिकिर गरिएको छ । कुनै पनि छानबिन निकायको सुझाव वा प्रतिवेदनकै भरमा व्यक्तिलाई सीधै पक्राउ गर्ने प्रक्रिया कानूनसम्मत नहुने उल्लेख गर्दै ओलीको रिहाइको माग गरिएको छ ।
यस्तै पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छिन् ।
यशोदा आइतबार दिउँसो रिट लिएर सर्वोच्च पुगेकी हुन् ।





