००:००:००
ट्रेन्डिङ
राजनीति

नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
4
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
सारांश
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराउँदै छन् । शपथ ग्रहण आज दिउँसो २ बजे निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा हुनेछ ।

केसीले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ ले सदस्यले प्रतिनिधि सभा वा त्यसको कुनै समितिको बैठकमा भाग लिनुअघि प्रतिनिधि सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार