काठमाडौं । उच्च रक्तचाप नेपालमा दिनानुदिन बढ्दो स्वास्थ्य समस्याका रूपमा देखा परिरहेको छ । चिकित्सकहरूका अनुसार यो रोग धेरैजसो अवस्थामा कुनै लक्षण नदेखाई शरीरभित्रै फैलिने भएकाले यसलाई ‘साइलेंट किलर’ भनिन्छ । समयमै नियन्त्रण नगरे मुटुरोग, पक्षघात ९स्ट्रोक०, मिर्गौला फेल र आँखाको समस्या समेत निम्तिन सक्छ ।
तर स्वास्थ्य विज्ञहरू भन्छन, सही जीवनशैली अपनाउन सके घरमै पनि ब्लड प्रेसर धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ३० वर्ष माथिका प्रत्येक चार जनामध्ये एक जनामा उच्च रक्तचापको समस्या देखिएको छ । ग्रामीण क्षेत्रमा समेत जीवनशैली परिवर्तन, असन्तुलित खानपान र तनावका कारण यो समस्या तीव्र गतिमा फैलिँदै गएको छ ।
के कारणले हुन्छ उच्च रक्तचाप रु नियन्त्रण गर्न के गर्ने रु
विशेषज्ञहरुका अनुसार मुख्यतः अस्वस्थकर जिवनशैली तथा खानपान र वंशाणुगत कारणले गर्दा रक्तचाप बढ्ने समस्या निम्तीन सक्छ । अत्यधिक नुन र चिल्लो खाना, शारीरिक निष्क्रियता, मानसिक तनाव, धूम्रपान तथा अत्यधिक मदिरा सेवन, मोटोपना र रातो मासुको धेरै सेवन जस्ता कारणहरुले गर्दा रक्तचाप बढ्ने समस्या हुन्छ ।
जिवनशैली र खानपानमा सुधार गर्न सकेमा रक्तचाप सजिलै रक्तचाप नियन्त्रण गर्न सकिने चिकित्सकहरू बताउँछन् । साथै उच्च रक्तचापको समस्या देखिएमा चिकित्सकको सल्लाह बमोजिम नियमित रुपमा औषधि सेवन गर्नुपर्ने र नियमीत रुपमा रक्तचाप जाँच गर्नुपर्दछ ।
नुन घटाउँदा औषधि पनि घट्न सक्छ
उच्च रक्तचाप नियन्त्रणमा नुन सबैभन्दा ठूलो कारक हो । हामीले हरेक दिन खाने खानामा नुनको मात्रा नियन्त्रण गर्न सकेमा यसले फाइदा पुर्याउँदछ । स्वास्थ्य मापदण्डअनुसार दिनमा ५ ग्रामभन्दा कम नुन खानुपर्ने हुन्छ ।
प्याकेजिङ गरिएका वा प्रशोधित खाना जस्तैः अचार, चाउचाउ, पिज्जा, बर्गर, समोसा, पाउरोटि जस्ता खानेकुराहरुमा नुन र ट्रान्स फ्याटको मात्रा अत्यधिक हुने भएकाले यस्ता खानेकुराहरुमा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरुको सुझाब छ । यसो गर्नाले ५ देखि १० एमएम एचजी सम्म रक्तचाप घट्न सक्ने चिकित्सकहरूको भनाइ छ ।
खानपानमै औषधि
पोषणविद्हरूका अनुसार सन्तुलित आहार नै प्रेसर नियन्त्रणको आधार हो । उपयुक्त खानाहरु हरियो सागसब्जी, फलफूल ,गेडागुडी, दलिया ,कम बोसो भएको दूध, दही जस्ता खानेकुरा खाएर रक्तचाप नियन्त्रण गर्न सकिन्छ ।
त्यस्तै दैनिक कम्तीमा ३० मिनेट शारीरिक गतिविधि गर्दा र व्यायाम गर्दा ब्लड प्रेसर प्राकृतिक रूपमा घटाउन मद्दत गर्छ । स्वस्थ खानपान, नियमित गतिविधि र तनावमुक्त जीवन नै दीर्घकालीन उपचार हो ।





