००:००:००
ट्रेन्डिङ
राजनीति

मन्त्री दीपककुमार साह १४ दिनमै फिर्ता, स्वास्थ्यमन्त्रीलाई सचेत

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
59
मन्त्री दीपककुमार साह १४ दिनमै फिर्ता, स्वास्थ्यमन्त्रीलाई सचेत
सारांश
प्रधानमन्त्रीलाई पत्र पठाइसकिएकाले अब श्रम मन्त्रालयको जिम्मेवारी कसले पाउँछ भन्ने चासो बढेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवादमा तानिएका श्रम तथा रोजगार मन्त्री दीपककुमार साहलाई सरकारबाट फिर्ता बोलाएको छ । पार्टीको अनुशासन समितिले कारबाहीका लागि सिफारिस गरेसँगै सभापति रवि लामिछानेले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई पत्र पठाउँदै साहलाई फिर्ता बोलाएका हुन् ।

महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित साह मन्त्री नियुक्त भएदेखि नै विभिन्न विवादमा मुछिएका थिए । पार्टी विधानको ‘राइट टु रिकल’ व्यवस्थाअनुसार उनलाई फिर्ता बोलाउन सिफारिस गरिएको रास्वपाले जनाएको छ ।

पार्टीको अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिमालको टोलीले मन्त्री साहमाथि लागेका आरोपबारे छानबिन गरेको थियो । समितिले साहलाई पदमा राखि राख्न नहुने निष्कर्षसहित कारबाहीका लागि सभापतिलाई सिफारिस गरेपछि पार्टीले यो कठोर निर्णय लिएको हो ।

यसैगरी, मन्त्री साहले आफ्नी पत्नीलाई नियुक्ति दिलाएको विषयमा समेत रास्वपाभित्र विवाद चर्किएको थियो । सोही प्रकरणमा संलग्नता देखिएको भन्दै सभापति लामिछानेले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत सचेत गराएका छन् ।

प्रधानमन्त्रीलाई पत्र पठाइसकिएकाले अब श्रम मन्त्रालयको जिम्मेवारी कसले पाउँछ भन्ने चासो बढेको छ ।

Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार