००:००:००
ट्रेन्डिङ
राजनीति

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २७
104
300
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
सारांश
आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।

काठमाडौं । जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको पहिलो मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको स्रोतले बताएको छ।

पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्नेछ। अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्नेछ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो । आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार