००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘जिरो डिग्री’मा सनिशा भट्टराईको इन्ट्री, विजय बरालसँग जोडी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी २०
131
540
‘जिरो डिग्री’मा सनिशा भट्टराईको इन्ट्री, विजय बरालसँग जोडी
सारांश
‘१२ गाउँ’बाट फिल्मी करिअर सुरु गरेकी सनिशा पछिल्लो समय ‘नरसिंहा अवतार’मा देखिएकी थिइन्। साथै, उनले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित मञ्चनमा सकम्बरीको भूमिका निभाएकी थिइन्।

काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’मा अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। अब यो फिल्ममा विजय बराल र सनिशाको नयाँ जोडी देख्न पाइनेछ।

यसअघि ‘अरे हो नेता जी’ शीर्षकको व्यंग्यात्मक गीत सार्वजनिक भएपछि फिल्मले चर्चा पाएको थियो। सनिशा अनुबन्धित भएसँगै कलाकारहरूको प्रमुख लाइनअप पूरा भएको निर्माण टिमले जनाएको छ।

‘१२ गाउँ’बाट फिल्मी करिअर सुरु गरेकी सनिशा पछिल्लो समय ‘नरसिंहा अवतार’मा देखिएकी थिइन्। साथै, उनले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित मञ्चनमा सकम्बरीको भूमिका निभाएकी थिइन्।

मेघौली फिल्म्सको ब्यानरमा बन्ने ‘जिरो डिग्री’ हास्यप्रधान कथामा आधारित हुनेछ। कथा एक दुर्गम गाउँ वरिपरि घुम्छ, जहाँ सडक सुविधा नपुगेको अवस्थामा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान आइपुग्दासम्म शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर ल्याउँदा विभिन्न अप्रत्याशित घटना र परिस्थितिहरू सिर्जना हुन्छन्।

फिल्मको निर्देशन र कथा–पटकथा आकाश बराल तथा साजन काफ्लेले तयार पारिरहेका छन्। लेखक राजन भुसालले अभिनय पनि गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्। छायांकन निशाल पौडेलले गर्नेछन् र वितरणको जिम्मा कुबेर सिने डिस्ट्रिब्युसनले लिएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार