काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल सभामुखमा निर्विरोध भएका छन् ।
कुनै पनि दलबाट उम्मेदवारी नपरेपछि अर्याल सभामुखमा निर्विरोध भएका हुन् । सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालको एकल उम्मेदवारी परेको जानकारी दिए ।
आज अर्यालले सभामुखका लागि आज मनोनयन दर्ता गरेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको १८२ सिट छ ।
आइतबार बस्ने प्रतिनिधिसभाबाट अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।





