००:००:००
ट्रेन्डिङ
राजनीति

बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी

योगेन्द्र नगरकोटी
२०२६ जनवरी ३०
60
 बन्द कोठामा होइन, जनताकै बीचमा चुनावी संकल्प पत्र लेखिनेछ : विनोद चौधरी
सारांश

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्...

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) – १ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।

बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या बुझ्न उनले आम मतदातासँग सल्लाह माग गरेका हुन् ।

चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए ।

गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ ।

नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन् । २ मिनेट समय निकालेर फारम भर्न र यो विजय यात्रामा सहभागी हुन उम्मेदवार चौधरीले सबैलाई अपिल पनि गरेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार