००:००:००
ट्रेन्डिङ
राजनीति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो निर्णय

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २७
72
600
  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहिलो निर्णय
सारांश
उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि जाने बताए ।

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभागसहित १५ वटा ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । अर्थमन्त्रीको कार्यभार सम्हाल्दै वाग्लेले शुक्रबार यस्तो निर्णय गरेका हुन् ।

साथै, १३ चैतसम्मको पछिल्लो आर्थिक स्थितिपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव अनुसार राजस्व अनुसन्धान विभाग खारेज सहित कानुन खारेजी अध्ययन गर्न कार्यदलले काम गर्ने छ । यसमा सबै पुराना कानुन संशोधन गर्ने १५ ऐन खारेज गर्ने प्रक्रियाका लागि कार्यदल गठन गर्न लागिएको हो ।

उनले प्रणालीमा अधिक नियमन गरिएका कारण अर्थतन्त्र चलायमान बनाउन उप्रेरणा सहितका समस्या सल्टाएर अगाडि जाने बताए ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार