मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

विपिन र मिरुनाको ‘बखत्ते’ छायांकनमा, निर्देशन गर्दै उपेन्द्र सुब्बा

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
2
540
विपिन र मिरुनाको ‘बखत्ते’ छायांकनमा, निर्देशन गर्दै उपेन्द्र सुब्बा
सारांश
निर्देशक उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘बखत्ते’को छायांकन सुरु भएको छ ।

काठमाडौं । निर्देशक उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘बखत्ते’को छायांकन सुरु भएको छ । शुक्रबार ललितपुरस्थित महालक्ष्मी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो ।

आन्भी फिल्म्सको ब्यानरमा आशिष तामाङ र प्रदीपजी धामीले निर्माण गर्ने फिल्ममा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् । शिशिर बाङ्देल, अनुराग कुवँर, विनोद न्यौपानेसहित अन्य कलाकारको पनि अभिनय रहनेछ ।

फिल्मको कथा तथा पटकथा स्वयं सुब्बाले लेखेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहने ‘बखत्ते’मा सुशान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार