००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘साईली’ बन्दै सक्किगोनीको मुन्नी, जितुसँग जोडी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १९
98
‘साईली’ बन्दै सक्किगोनीको मुन्नी,  जितुसँग जोडी
सारांश
राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् ।

काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिवाकोटीलाई लिएर निर्माण घोषणा गरिएको यस फिल्ममा अब प्रियना आचार्य 'मुन्नी' अनुबन्धित भएकी छन् । वर्षाले सहमतिमै फिल्म छाडेपछि निर्माताले उनको ठाउँमा प्रियनालाई भित्र्याएका हुन् ।

यस फिल्ममा प्रियनाको जोडी अभिनेता जितु नेपालसँग बाँधिनेछ । यसअघि ‘लाज शरणम्’, ‘झरीपछिको इन्द्रेणी’ र ‘कल्ली’मा काम गरिसकेकी उनी पहिलो पटक ‘कार्की साइँला’मा मुख्य भूमिकामा देखिन लागेकी हुन् । उनले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न तयार भएको बताएकी छन् । उनी यो फिल्मलाई लिएर उत्साहित देखिएकी छन् ।

नेपालको पूर्वी जिल्ला धनकुटामा छायांकन हुने यस फिल्ममा जितु र प्रियनासहित सुशील पोखरेल, बिरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन् भने छायांकन डम्बर राईको रहने छ। यस फिल्मको द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बु,प्रोडक्सन सिबी भण्डारीको रहेको छ।

ग्रामीण परिवेशमा निर्माण हुने यो फिल्म भरियाको कथामा आधारित रहने जनाइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार