मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

प्रियंका कार्कीको पहिलो निर्माण ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, रहस्य र संघर्षको रोचक कथा

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
47
1.4K
प्रियंका कार्कीको पहिलो निर्माण ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक, रहस्य र संघर्षको रोचक कथा
सारांश
अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक गरिएको छ।

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको फिल्म ‘मास्टर्नी’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत झन्डै दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरले शिक्षिका पेशामा रहेकी एक आमाले आफ्नी छोरीलाई गम्भीर संकटबाट बचाउन गरेको संघर्षलाई केन्द्रमा राखेको छ। कथामा भावनात्मक सम्बन्ध, रहस्य र तनावलाई सशक्त ढंगले प्रस्तुत गरिएको छ।

ट्रेलरअनुसार, एक लेस्बियन युवतीले सिम्रन खड्काको पात्रमाथि जबर्जस्ती सम्बन्ध राख्न खोजेपछि घटनाक्रमले नयाँ मोड लिन्छ। त्यसको प्रतिरोधपछि उत्पन्न हुने समस्याबाट छोरीलाई सुरक्षित राख्न प्रियंका कार्कीको पात्रले चालेका रणनीतिक कदमहरू ट्रेलरको मुख्य आकर्षण बनेका छन्। उनको प्रस्तुतिले भारतीय फिल्म ‘दृश्यम’ का अजय देवगनले निभाएको विजय सालगांवकर पात्रको झल्को दिने देखिन्छ।

शुभेन्द्र घोषको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की र सिम्रन खड्कासँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, दीपाश्री निरौला, दीपकराज गिरी र जितु नेपाललगायत कलाकारहरूको अभिनय रहेको छ।

आयंका फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन्। कार्यकारी निर्मातामा सुरक्षा सिंह मलहोत्रा (प्रियंका कार्कीकी आमा) र सिमोस सुनुवार रहेका छन्।

प्रियंका कार्की स्वयंको कथामा आधारित फिल्मको पटकथा शान बस्नेतले तयार पारेका हुन् भने संवाद प्रियंका र शानले संयुक्त रूपमा लेखेका छन्। युवराज इन्दोरियाको छायांकन रहेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन्।

फिल्म आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

MASTERNI || Movie Trailer 2026 || Ayanka Films
साझा गर्नुहोस्:

सम्बन्धित समाचार