००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

फिल्म ‘परालको आगोमा’समावेश गीत ‘बिरही बतास’ सार्वजनिक गरेको छ।’

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
38
760
फिल्म ‘परालको आगोमा’समावेश गीत ‘बिरही बतास’ सार्वजनिक गरेको छ।’
सारांश
फिल्म प्रदर्शनकै क्रममा निर्माण टिमले यसमा समावेश गीत ‘बिरही बतास’ सार्वजनिक गरेको छ।

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ अहिले चर्चामा रहेको छ। फिल्म प्रदर्शनकै क्रममा निर्माण टिमले यसमा समावेश गीत ‘बिरही बतास’ सार्वजनिक गरेको छ।

आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा स्वरूपराज आचार्यको स्वर, सुरेन्द्र रानाको शब्द तथा सत्य–स्वरूपको संगीत रहेको छ। गीत रिलिजसँगै फिल्मको प्रमोसनमा थप टेवा पुगेको निर्माण टिमको विश्वास छ।

‘बिरही बतास’ गीतले फिल्मको कथावस्तुलाई थप गहिरो बनाउँदै दर्शकको मन छुने अपेक्षा गरिएको छ। गीतमा रिकेश गुरुङको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ तथा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

फिल्म ‘परालको आगो’ मा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। साथै शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मञ्जिल बानियाँको पनि अभिनय रहेको छ।

हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्मित यस फिल्मले प्रदर्शनको नवौं दिनसम्ममा ३ करोड १३ लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको निर्माण पक्षले जनाएको छ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार