००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ ।

रङ्गमञ्च
रङ्गमञ्च
3 घण्टा अगाडि
27
720
फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ ।
सारांश
चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ ।

काठमाडौँ । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बङ्गलामुखी मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा फिल्मको शुभ मुहूर्त गरेको हो ।

हिट फिल्म ‘आबाट आमा’ कै सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्ममा कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्ट, आकाश श्रेष्ठ, नरेन खड्का लगायतको कलाकारको अभिनय रहनेछ ।

निर्देशक पन्तले यो फिल्मको छायाङ्कनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए । निर्माण टिमले एक महिना अघिबाट नै यो फिल्म आगामी दसैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो ।

फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ । यस फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्म आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने लागेको हो ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार