मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

पशुपतिमा पूजा गर्दै सुरु भयो ‘ए मरो हजुर ५’को छायांकन

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
3
540
पशुपतिमा पूजा गर्दै सुरु भयो ‘ए मरो हजुर ५’को छायांकन
सारांश
भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित छायांकन योजना प्रभावित बनेपछि फिल्म ‘ए मेरो हजुर ५’को छायांकन सुरु भएको छ । निर्देशक झरना थापाका अनुसार फिल्मको पहिलो चरणको छायांकन पशुपतिनाथ परिसरबाट सुरु गरिएको हो ।

काठमाडौं । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित छायांकन योजना प्रभावित बनेपछि फिल्म ‘ए मेरो हजुर ५’को छायांकन सुरु भएको छ । निर्देशक झरना थापाका अनुसार फिल्मको पहिलो चरणको छायांकन पशुपतिनाथ परिसरबाट सुरु गरिएको हो ।

निर्माण टिमले २५ दिनको तालिकासहित छायांकन अघि बढाएको छ । यसअघि सुदूरपश्चिमका पर्यटकीय गन्तव्य बडीमालिका र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा छायांकन गर्ने तयारी थियो । तर, रसुवाको भोटेकोशीमा आएको बाढीका कारण उक्त योजना प्रभावित भएपछि छायांकन तालिकामा परिवर्तन गरिएको हो ।

फिल्मको छायांकन बाजुरामा समेत गरिनेछ । झरना थापाको निर्देशनमा बन्न लागेको फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर’का दुई श्रृंखलामा सँगै काम गरिसकेका छन् ।

फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, नीरज पन्थी र आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ । ‘ए मेरो हजुर’को पहिलो श्रृंखलामा अभिनेत्रीका रूपमा देखिएकी झरना थापा यसपटक निर्देशनसँगै अभिनयमा पनि देखिनेछिन् ।

फिल्मको पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका हुन् । रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्मका गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर र एकदेव लिम्बुको संगीत रहनेछ ।

‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार