००:००:००
ट्रेन्डिङ
समाचार

पूर्ण मन्त्रिपरिषद् सूची सार्वजनिकः कसले पाए कुन मन्त्रालय ?

रङ्गमञ्च
रङ्गमञ्च
2 घण्टा अगाडि
68
पूर्ण मन्त्रिपरिषद् सूची सार्वजनिकः कसले पाए कुन मन्त्रालय ?
सारांश

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

प्रधानमन्त्री बालेनसहित सबै मन...

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।

प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी भएको छ । बालेन प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । रक्षा र उद्योग मन्त्रालय पनि उनकै नेतृत्वमा रहनेछ ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सोविता गौतमले कानुन मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।

सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साह ९महोत्तरी०ले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा खड्क गणेश पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका तथा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।

मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ । उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् । बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार