मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘पहाड’ को टिजर सार्वजनिक, नयाँ वर्षमा प्रदर्शन हुने

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च १५
312
900
‘पहाड’ को टिजर सार्वजनिक, नयाँ वर्षमा प्रदर्शन हुने
सारांश
फिल्मको छायांकन प्रमोद प्रधानले गरेका छन् भने संगीत रञ्जित सिंह गजमेरको रहेको छ।

काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म पहाडको टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी वर्ष २०८३ वैशाख १ गते अर्थात् नेपाली नयाँ वर्षको दिन प्रदर्शनमा आउने तय गरिएको छ।

फिल्मले रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेश पलायन हुँदा खाली हुँदै गइरहेका पहाडी गाउँ र त्यसले निम्त्याएका सामाजिक तथा आर्थिक समस्यालाई मुख्य विषय बनाएको निर्देशक घिमिरेले बताए।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्ममा विपीन कार्की, मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरी लगायतका कलाकारको अभिनय रहेको छ। यसै फिल्ममार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनय यात्रा सुरु गर्दै छिन्।

फिल्मको छायांकन प्रमोद प्रधानले गरेका छन् भने संगीत रञ्जित सिंह गजमेरको रहेको छ। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार