मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
समाचार

पाल्पामा टिपर दुर्घटना : ४ जनाको मृत्यु

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ मार्च २२
116
640
पाल्पामा टिपर दुर्घटना : ४ जनाको मृत्यु
सारांश
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ ।

शनिबार बेलुकी भएको टिपर दुर्घटनामा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली, अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाली टिपर झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा दुर्घटना भएको थियो । टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार