००:००:००
ट्रेन्डिङ
समाचार

ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल ९
79
500
ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय
सारांश
ओली र लेखकले सर्वोच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ।

सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको सहमतिमा उनीहरूलाई नजिकका व्यक्तिको जिम्मामा छाड्ने तयारी गरेको हो।

प्रहरीले दुबै जनामाथि भदौ २३ गतेको घटनासँग सम्बन्धित ज्यान सम्बन्धि कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाड्ने निर्णय भएको हो।

चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो।

ओली र लेखकले सर्वोच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार