मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

ओहायोमा रहेका रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ जुलाई १२
89
2.1K
ओहायोमा रहेका रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक
सारांश
अमेरिकाको ओहायोमा बस्दै आएका गीतकार रुपेश शर्माको नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक भएको छ।

काठमाडौं | अमेरिकाको ओहायोमा बस्दै आएका गीतकार रुपेश शर्माको नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक भएको छ। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रेमकथालाई प्रस्तुत गरिएको छ।

गीतमा सिडी विजय अधिकारी र मनीषा राईको स्वर छ। संगीत सिडी विजय अधिकारीको हो भने म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ पुष्कर खत्रीले गरेका छन्। सिडी विजय अधिकारी र मनीषा राई श्रीमान–श्रीमती हुन्।

भिडियोमा रुपेश शर्मा, रुकमिना तिम्सिना र सुरवीर पण्डितले अभिनय गरेका छन्। प्रेममा रहेका दुई पात्रले मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट गर्ने कथालाई भिडियोले चित्रण गरेको छ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका हुन्। छायांकन रामकुमार केसी, सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्मा, मेकअप गीत तामाङ, ग्रुप लिडर राजाराम सिंखडा तथा सहायक निर्देशन राहुल अधिकारीको रहेको छ। भिडियोको पोस्ट–प्रोडक्सन एन अल्फा स्टुडियोमा गरिएको हो।

MAYAKO CHINO - Rupesh Sharma
साझा गर्नुहोस्:

सम्बन्धित समाचार

काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ ।  ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको भावनात्मक सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै सुनिने ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादले फिल्मको मूल कथातर्फ संकेत गर्छ ।  विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष र आमाप्रतिको छोराको माया तथा जिम्मेवारीलाई फिल्मले मुख्य विषय बनाएको देखिन्छ ।  कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् ।  किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।  फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

7 घण्टा अगाडि