मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा देखिए अभिनेता

रङ्गमञ्च
रङ्गमञ्च
35 मिनेट अगाडि
3
560
निखिल उप्रेतीको ‘आचार्य’को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा देखिए अभिनेता
सारांश
अभिनेता निखिल उप्रेती अभिनीत तथा निर्देशित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण पक्षले फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।

काठमाडौं । अभिनेता निखिल उप्रेती अभिनीत तथा निर्देशित फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण पक्षले फिल्मको करिब साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।

असोज ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा निखिललाई एक्सन भूमिकामा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक टिजरमा देखाइएको एक्सनलाई ट्रेलरमा थप विस्तार गरिएको छ। द्वन्द्वका तीव्र दृश्य, एक्सन कोरियोग्राफी र मनोरञ्जनात्मक प्रस्तुतिले फिल्मलाई एक्सनप्रधान बनाउने संकेत गर्छ।

पछिल्लो समय नेपाली फिल्ममा कम देखिन थालेको मास इन्टरटेनर शैलीलाई पुनः दर्शकमाझ ल्याउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्माण पक्षको भनाइ छ।

‘आचार्य’ निखिल उप्रेतीकै कथा तथा निर्देशनमा तयार भएको हो। नेपाली फिल्मले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गर्दै निखिलले नेपाली बजेट, प्रविधि, कलाकार र प्राविधिक जनशक्तिको प्रयोगबाट पनि अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जनात्मक फिल्म बनाउन सकिने बताए।

उनका अनुसार फिल्ममा एक्सनसँगै कथावस्तुमा समेत नयाँपन दिने प्रयास गरिएको छ। दर्शकले फिल्म हेर्दा त्यसको फरकपन महसुस गर्ने उनको भनाइ छ।

फिल्ममा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय रहेको छ। पूर्णिका सिजापती र सजिना श्रेष्ठले यही फिल्ममार्फत अभिनेत्रीका रूपमा डेब्यु गर्दैछन्।

त्यस्तै, फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका वास्तोलालगायत कलाकारको अभिनय रहेको छ।

ACHARYA || Movie Official Trailer 2026
साझा गर्नुहोस्:

सम्बन्धित समाचार