सेयर बजारमा पुनः गिरावट देखिएको छ। मंगलबार सामान्य सुधार देखिएको बजार बुधबार भने तीव्र रूपमा ओरालो लागेको छ। बजार ७४.७३ अंकले घट्दै २७७६.३६ बिन्दुमा सीमित भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार २.६२ प्रतिशतले झरेको दिन कुल १२ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। करिब ३ करोड कित्ता सेयर किनबेच हुँदा जम्मा १३ कम्पनीको मूल्य बढेको छ भने २५५ कम्पनीका सेयरमा गिरावट आएको छ।
बढेका कम्पनीमध्ये रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोको सेयरमा सर्किट ब्रेक लागेको छ। त्यस्तै भुजुङ हाइड्रो, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोको मूल्य पनि झन्डै १० प्रतिशतले उकालो लागेको छ।
अर्कोतर्फ, घटेका कम्पनीमध्ये सबैभन्दा बढी गिरावट नेपाल रिइन्स्योरेन्समा देखिएको छ, जसको सेयर मूल्य ९.८४ प्रतिशतले घटेको छ। साथै सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो र शिवश्री हाइड्रोलगायत कम्पनीहरू पनि उल्लेख्य रूपमा ओरालो लागेका छन्।
कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि देखिएको छ, जसको करिब ७१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि अपि पावर, ङादी ग्रुप पावर, शिवम् सिमेन्ट र नेपाल रिको उच्च कारोबार हुने कम्पनीका रूपमा रहेका छन्।
बजारको समग्र अवस्था हेर्दा यस दिन सबै समूहहरूमा गिरावट देखिएको छ ।





