००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

नेपाली चलचित्र 'आ’ बाट ‘आमा' को सफलतापूर्वक ५१ दिन

योगेन्द्र नगरकोटी
योगेन्द्र नगरकोटी
२०२६ मार्च २२
131
200
नेपाली चलचित्र 'आ’ बाट ‘आमा' को सफलतापूर्वक ५१ दिन
सारांश
निर्देशकका अनुसार, ‘आ’ बाट ‘आमाले पारिवारिक कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशमार्फत दर्शकको मन जित्न सफल भएको छ।

काठमाडौं । नेपाली चलचित्र 'आ’ बाट ‘आमा' ले सफलतापूर्वक ५१ दिनको प्रदर्शन यात्रा पूरा गरेको छ। यसको अवसरमा निर्माण टिमले विशेष कार्यक्रम आयोजना गर्दै खुशी साटासाट गरेको छ।

कार्यक्रममा कलाकार, प्राविधिक तथा निर्माण टिमका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्रसँग सम्बन्धित अनुभवहरू, दर्शकबाट प्राप्त माया र साथबारे चर्चा गरिएको थियो। सहभागीहरूले चलचित्रले छोटो समयमै पाएको सकारात्मक प्रतिक्रियाप्रति आभार व्यक्त गरेका थिए।

निर्देशकका अनुसार, ‘आ’ बाट ‘आमाले पारिवारिक कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशमार्फत दर्शकको मन जित्न सफल भएको छ। चलचित्रले ५१ दिनसम्म निरन्तर प्रदर्शन हुनु नेपाली चलचित्र क्षेत्रका लागि उत्साहजनक उपलब्धि मानिएको छ। उपस्थित कलाकारहरूले आफ्नो अनुभव साट्दै गर्दै आगामी दिनमा अझ उत्कृष्ट सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

तस्बिर : योगेन्द्र नगरकोटी

Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
Article image
साझा गर्नुहोस्:

सम्बन्धित समाचार