मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' का कुरा गर्दै स्वस्तिमा र जेन्जी प्रशंसा

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ अप्रिल ६
61
700
‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' का कुरा गर्दै स्वस्तिमा र  जेन्जी प्रशंसा
सारांश
‘मिठो संसार' मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।

षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक गरिएको छ । फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको लिरिकल भर्सनको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पुर्णिमा तामाङको स्वर रहेको छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ ।

उक्त गीतमा शब्द, सङ्गीत जयन जे वाइवा रहेको छ । पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । ‘मायालाई के दिउँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा निर्माण पक्षले केक काट्दै खुसियाली समेत साटेको छ ।सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार' मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।

फिल्मका लेखक तथा निर्देशक यम थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ । छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ ।’

फिल्म 'लालीबजार' को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार

काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ ।  ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको भावनात्मक सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै सुनिने ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादले फिल्मको मूल कथातर्फ संकेत गर्छ ।  विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष र आमाप्रतिको छोराको माया तथा जिम्मेवारीलाई फिल्मले मुख्य विषय बनाएको देखिन्छ ।  कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् ।  किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।  फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

3 घण्टा अगाडि