काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको बेनिघाट–त्रिवेणी क्षेत्रस्थित तामाकोशी नदीमा खसेको छ। केहीबेर अघि भएको उक्त दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको जनाइएको छ।
घटनास्थलमा रहेका अनेरास्ववियु रामेछाप संयोजक गोपाल थोकरका अनुसार केही शवहरू नदीमा तैरिँदै बगिरहेको देखिएको छ। बस दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन।
दुर्घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा सुरक्षाकर्मीहरू उद्धार कार्यमा खटिएका छन्। नदीको तीव्र बहावका कारण उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ।
घाइतेहरूको संख्या र विस्तृत विवरण आउन बाँकी रहेको छ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु
K
२०२६ फेब्रुअरी १०
273
640

सारांश
काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको बेनिघाट–त्रिवेणी क्षेत्रस्थित तामाकोश...
सम्बन्धित समाचार

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि रोक्न सनिशा भट्टराईको आग्रह
२०२६ सेप्टेम्बर ६

बाढीपीडितको राहतका लागि केडिया परिवारद्वारा १ करोड सहयोग
२०२६ सेप्टेम्बर २

