००:००:००
ट्रेन्डिङ
समाचार

कांग्रेस जनकपुरको प्रतिज्ञा सभाको तयारी पूरा, करिब एक लाख सहभागी हुने दाबी

रङ्गमञ्च
रङ्गमञ्च
२०२६ फेब्रुअरी १७
152
320
कांग्रेस जनकपुरको प्रतिज्ञा सभाको तयारी पूरा, करिब एक लाख सहभागी हुने दाबी
सारांश
उनले भोलिको सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाए ।

नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा फागुन ६ गते आयोजना गरिएको आसन्न प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते लक्षित नेपाली कांग्रेसको पहिलो ऐतिहासिक “प्रतिज्ञा सभा” को सम्पूर्ण तयारी पूरा भएको मधेश प्नदेश समितिका सभापति कृष्णप्रसाद यादवले जनाएका छन् ।

उनले भोलिको सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाए । यादवका अनुसार मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसर हो ।

नेपाली कांग्रेस र मधेशको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको जनाउँदै उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनसम्म मधेशका वीर सपूतहरूले नेपाली कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रतिज्ञा सभा मार्फत नेपाली कांग्रेसले जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्राथमिकता सार्वजनिक गर्नेछ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार