मुख्य सामग्रीमा जानुहोस्
⏰ ००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

जेठ १५ मा ‘रोल नं. १’

R
Rangamanch
२०२६ जनवरी २५
225
760
 जेठ १५ मा ‘रोल नं. १’
सारांश
चलचित्रको मुख्य हिस्सा हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको छ ।

काठमाडौँ- चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्तपञ्चमी) को शुभ अवसर पारेर चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरेको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रले आगामी वर्षको २०८३ जेठ १५ गते (गणतन्त्र दिवस) लाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।

निर्माण टोलीले विशेष शैलीमा चलचित्रको मिति घोषणा गरेको छ । चलचित्रका मुख्य बाल-कलाकारहरू अध्ययन गर्ने विद्यालय 'पाथिक ज्ञ्यान निकेतन' मै पुगेर सरस्वती पूजाको अवसरमा निर्माण टिमले रिलिज मिति सार्वजनिक गरेको हो ।

निर्माता विनोद पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । चलचित्रको मुख्य हिस्सा हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा खिचिएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा ‘बाल मनोविज्ञान’ मा आधारित चलचित्र हो । गत वर्ष सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्टलुक’ पोस्टरमा एउटा बालकले कक्षाकोठामा हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको दृश्यले धेरैको ध्यान खिचेको थियो, जसले शिक्षा क्षेत्रको एउटा गहन पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

महेश दवाडीको लेखन रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा रहेका छन् । चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने भएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार

काठमाडौं । यही मंसिर ११ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त जानकारी दिएको छ ।  ग्रामीण परिवेशमा आधारित फिल्मले मुख्य रूपमा आमा–छोराको भावनात्मक सम्बन्ध र बाबु–छोराबीचको द्वन्द्वलाई प्रस्तुत गर्ने ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरको सुरुवातमै सुनिने ‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादले फिल्मको मूल कथातर्फ संकेत गर्छ ।  विवाहअघि नै गर्भवती भएकी महिलाले समाजमा भोग्नुपर्ने अपहेलना, आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष र आमाप्रतिको छोराको माया तथा जिम्मेवारीलाई फिल्मले मुख्य विषय बनाएको देखिन्छ ।  कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायतका कलाकारको अभिनय छ । यही फिल्ममार्फत निरुता र उत्तम करिब दुई दशकपछि ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन् ।  किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन् ।  फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

19 घण्टा अगाडि