मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

गायक खेम सेन्चुरी फिल्ममा डेब्यु गर्दै, टेरिया मगरसँग बाँधिँदै जोडी

रङ्गमञ्च
रङ्गमञ्च
4 घण्टा अगाडि
7
620
गायक खेम सेन्चुरी फिल्ममा डेब्यु गर्दै, टेरिया मगरसँग बाँधिँदै जोडी
सारांश
निर्देशक नारायण रायमाझीको निर्देशनमा नयाँ फिल्म ‘बसन्ती’ निर्माण हुने भएको छ । ‘गोर्खापल्टन’ र ‘परदेशी’का दुई श्रृंखलापछि रायमाझीको यो तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ ।

काठमाडौं । निर्देशक नारायण रायमाझीको निर्देशनमा नयाँ फिल्म ‘बसन्ती’ निर्माण हुने भएको छ । ‘गोर्खापल्टन’ र ‘परदेशी’का दुई श्रृंखलापछि रायमाझीको यो तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ ।

शुक्रबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त पूजा सम्पन्न गरिएको छ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन शनिबारदेखि काठमाडौंमा सुरु हुनेछ ।

‘बसन्ती’मार्फत चर्चित लोकदोहोरी गायक तथा संगीतकार खेम सेन्चुरीले मुख्य अभिनेताका रूपमा अभिनय डेब्यू गर्दैछन् । उनले यसअघि ‘ए मेरो हजुर ५’ मा पार्श्वसंगीतकारका रूपमा फिल्म क्षेत्रमा डेब्यू गरिसकेका छन् ।

फिल्ममा खेम सेन्चुरीसँगै टेरिया मगर, सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजनसिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, विजया पौडेल र हरि अधिकारीको अभिनय रहनेछ ।

फिल्मको निर्माण तथा निर्देशन नारायण रायमाझीले गर्नेछन् भने पटकथा लोकदोहोरी संगीतकर्मी रमेश बीजीले तयार पारेका हुन् । फिल्ममा नारायण रायमाझी र बीबी अनुरागीको संगीत रहनेछ ।

‘बसन्ती’को छायांकन काठमाडौं, पाल्पा, जनकपुर, बुटवल र भारतका विभिन्न स्थानमा गरिने जनाइएको छ ।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार