मुख्य सामग्रीमा जानुहोस्
००:००:००
ट्रेन्डिङ
मनोरञ्जन

‘गौँथली’को सफलतापछि अरुण क्षेत्रीको व्यस्तता बढ्यो, ‘म मदनकृष्ण’मा हरिवंशको भूमिकामा अनुबन्धित

रङ्गमञ्च
रङ्गमञ्च
1 घण्टा अगाडि
31
1.1K
‘गौँथली’को सफलतापछि अरुण क्षेत्रीको व्यस्तता बढ्यो, ‘म मदनकृष्ण’मा हरिवंशको भूमिकामा अनुबन्धित
सारांश
फिल्म ‘गौँथली’को उल्लेखनीय व्यावसायिक सफलतापछि अभिनेता अरुण क्षेत्रीको फिल्मी व्यस्तता थप बढेको छ।

काठमाडौं । फिल्म ‘गौँथली’को उल्लेखनीय व्यावसायिक सफलतापछि अभिनेता अरुण क्षेत्रीको फिल्मी व्यस्तता थप बढेको छ। यसैबीच उनी निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘म मदनकृष्ण’मा अनुबन्धित भएका छन्। यस फिल्ममा उनले वरिष्ठ कलाकार हरिवंश आचार्यको चरित्र निर्वाह गर्नेछन्।

अरुणले ‘म मदनकृष्ण’सँगै निर्माण टिमले आगामी वर्ष तयार गर्ने हरिवंश आचार्यको जीवनमा आधारित अर्को फिल्मका लागि पनि एकैसाथ सम्झौता गरेका छन्। त्यसैले उनी दुवै फिल्ममा हरिवंशकै भूमिकामा दर्शकमाझ प्रस्तुत हुनेछन्।

अरुण र हरिवंशबीचको सहकार्य भने यो पहिलो होइन। उनले २०७९ सालमा प्रदर्शन भएको फिल्म ‘महापुरुष’मा हरिवंश आचार्यका कान्छा छोरा को भूमिकामा अभिनय गरेका थिए।

राजकुमार श्रेष्ठको लगानीमा बन्न लागेको ‘म मदनकृष्ण’मा महेश त्रिपाठीले मदनकृष्ण श्रेष्ठको भूमिका निभाउनेछन् भने उनकी पत्नी यशोधाको भूमिकामा केकी अधिकारी देखिनेछिन्। फिल्मका केही दृश्यमा स्वयं मदनकृष्ण श्रेष्ठ पनि विशेष उपस्थितिमा देखिने निर्माण पक्षले जनाएको छ।

फिल्मले मदनकृष्ण श्रेष्ठको बाल्यकाल, कलाकारिता यात्रा, जागिरे जीवन, हरिवंश आचार्यसँगको लामो मित्रता तथा जीवनका विभिन्न महत्त्वपूर्ण अध्यायलाई पर्दामा उतार्नेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको यस फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ (मदनकृष्णका छोरा) र देशभक्त खनाललगायत कलाकारहरूको पनि अभिनय रहनेछ। आगामी भदौको दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन्।

साझा गर्नुहोस्:

सम्बन्धित समाचार